अभितक, माघ १०
वीरगंज । पर्सा जिल्लाको पटेर्वा सूगौली गाउपालिका निचूटामा प्रथम मेयर कप क्रिकेट प्रतियोगिता २०८० दोश्रो दिनको खेल बगही यूवा क्लब र बहूअरी पीडरी क्रिकेट क्लब विच भएको हो ।

बगही यूवा क्लबले टास जितेर बैटिग छानेको थियो र १६ ओभरमा अल आउट भएर ८९ रन बनाएको थियो । ९० रन लक्ष्य पछयाउदै बहूअरी पीडरी क्रिकेट क्लबले ८ ओभरमा १ विकेट गूमाएर ९० रनको लक्ष्य प्राप्त गरेर जित हासिल पारेको थियो । ४ विकेट लिएर २६ रन बनाएका बहूअरी पिडरी क्रिकेट क्लबका कालू मैन अफ दि मैच घोषित भएका थिए ।

भोलिको खेल कालिकामाई कालिकामाई स्पोर्टस् र भारतको नरकटियागंज यूवा क्रिकेट क्लब हरपूर विच हूनेछ ।

निचूटा स्पोर्टस क्लबको आयोजना र पटेर्वा सूगौली गाउपालिकाको सहयोगमा गाउपालिकाका अध्यक्ष दिनेश चौधरीले उदघाटन गर्नू भएको थियो । यो प्रतियोगितामा ८ वटा क्रिकेट समूह भाग लिएको आयोजक समितिका सचिव ताहिरले जानकारी दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here