विज्ञापन

अभितक, वीरगंज, ६ फाल्गून । सखूवा प्रसौनी गाउपालिका दोश्रो क्रिकेट ट’ूर्नामेन्ट २०८० अन्तर्गत पहिलो खेल जगरनाथपूर गापा र धोविनी गापा वीच भएकोमा धोविनी गापा विजयी भएको छ । जगरनाथपूर गापा टास जितेर पहिला बैटिग गर्दा निधार्रित १४ ओभरमा सबै विकेट गूमाएर ७७ रन बनाएको थियो । ७८ रनको लक्ष्य पछयाउदै धोविनी गापा निर्धारित ९ ओभरमा ३ विकेटको क्षतिमा ७८ रन बनाएर जित हासिल गरेको थियो । धोविनी गापा का विवेक चौहान २।३ ओभरमा १४ रन दिएर ४ विकेट लिए र ७ बौलमा ७ रन बनाएर मैन अफ दि मैच भए ।
दोश्रो खेल छिपहरमाई गापा र बहूदरमाई नपा विच भएकोमा बहूदरमाई टास जितेर बालिंग लिएको थियो । बैटिंग गर्दै छिपहरमाई गापा १३ ओभरमा सबै विकेट गूमाई ५८ रन बनाएको थियो । ५९ रनको लक्ष्य लिएको बहूदरमाई नपा निधार्रित १० ओभरमा सबै विकेट गूमाई २६ रन मात्र बनाएको थियो । यसरी छिपहरमाई गापा ३२ रनले विजय भएको हो । छिपहरमाई गापाका मनी कूमार साह बलिग गर्दा ३ ओभरमा ४ रन दिएर ३ विकेट लिएर मैन अफ दि मैच भएका थिए ।
भोलीको पहिलो खेल परवानीपूर गापा र पर्सागढी नपा विच भने दोश्रो खेल वीरगंज २६ र जगरनाथपूर गापा विच हूने सखूवाप्रसउनी यूवा समाजका सचीव सरोज पटेलले जानकारी गराए ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here