विज्ञापन

अभितक, वीरगंज, १२ फाल्गून । सखूवा प्रसौनी गाउपालिका दोश्रो क्रिकेट ट’ूर्नामेन्ट २०८० अन्तर्गत आजको खेल छिपहरमाई गापा र धोविनी गापा वीच भएकोमा छिपहरमाई गापा विजयी भएको छ ।

धोविनी गापा टास जितेर बौलिंग गर्ने फैसला लिएको थियो । छिपहरमाई गापा पहिला बैटिंग गर्दा निधार्रित १६ ओभरमा सबै विकेट गूमाएर ११२ रन बनाएको थियो ।

११३ रनको लक्ष्य पछयाउदै धोविनी गापा १५.३ ओभरमा सबै विकेटको क्षतिमा १११ रन बनाएर १ रनले हार व्योहोर्नू परेको थियो । छिपहरमाई गापाका हरेराम यादव ४ ओभरमा १२ रन दिएर ३विकेट लिएर मैन अफ दि मैच भए ।
दोश्रो खेल पोखरिया नपा र परवानीपूर गापा विच भएको थियो । टास जितेको पोखरिया नपा पहिला बैटिंग गर्दा १४.२ओभरमा सबै विकेट गूमाएर ५१ रन बनाएको थियो ।

५२ रनको लक्ष्य लिएको परवानीपूर गापा १०.३ ओभरमा ४ विकेटको क्षतिमा ५२ रन बनाएर जित हासिल गरेका थियो ।

परवानीपूर गापाका राजन साह १० बलमा १६ रन र ४ ओभरमा १५रन दिएर ४विकेट लिएर मैन अफ दि मैच बनेका थिए ।

भोलीको सेमी फाइनल खेल बहूदरमाई गापा र छिपहरमाई गापा विच सखूवाप्रसउनी यूवा समाजका सचीव सरोज पटेलले जानकारी गराए ।

प्रतिक्रिया लेख्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here