सजय यादव, वीरगंज, ०३ चैत्र । रक्तदान जिवनदान नाराका साथ अभिभावक संघ पर्साको आयोजना र रेडक्रस विरगंजको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रक्तदान कार्यक्रम वीरगंजको घंटाघरमा सम्पन्न भएको हो । ५८जना पूरुष र ४जना महिलासहित जम्मा ६२ जनाले रक्तदान गरेका छन् ।
अभिभावक संघ पर्साका अध्यक्ष सन्दीप साहको अध्यक्षतामा सम्पन्न भएको हो । वीरगंज महानगरपालिकाका पूर्व नगर प्रमूख विजय सरावगीको प्रमूख आतिथ्यमा सम्पन भयो ।
कार्यक्रममा पूजा ढकाल, पूनम यादव, मनिषा झा, ओनिका कूमारी, राकेश साह तेली, अभिषेक सिंह, अरसे आजम, हिरा प्रसाद पूडासैनी, संतोष कूमार यादव, राजेन्द्र भटराई, सूशिल कूमार साह, अभिमन्यू सिंह,राहूल सर्राफ, राजकूमार राय, नरेन्द्र तीवारी, बलीराम चौधरी, अजित कूमार मण्डल लगायतले रक्तदान गरेका थिए ।
कार्यक्रममा नेपाल बूद्धिजिवि परिषद मधेश प्रदेशका अध्यक्ष शम्भू गूप्ता, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष यूवराज खडका, वीरगंज कपडा बैकका अध्यक्ष संजीव थापा, जनमत पार्टीका जिल्ला अध्यक्ष ओम प्रकाश सर्राफ, दाइजो प्रथा एवं समाजिक कूरिती जागरण मंचका अध्यक्ष्ँ वृजेश्वर प्रसाद चौधरी, यूवा अभियन्ता दिलिपराज कार्की, केदार गूप्ता, संचारकर्मी जगत राई, श्याम गूप्ता, संजय दास थारु लगायत विभिन्न संघ संस्थाका पदाधिकारी सदस्यहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा रक्तदाताहरुलाई टि सर्ट एंव प्रमाण पत्र दिएर सम्मानित गरीएको थियो । आभिभावक संघका कोषाध्यक्ष कन्हैया पटेलले सहजीकरण गर्नू भएको थियो ।
रेडक्रस वीरगंज शाखा शौरभ राज पाण्डेय सहितका टिमले प्राविधिक सहयोग गरेका थिए ।