विज्ञापन

वीरगंज, चैत्र ६ । वीरगंज महानगरपालिका–१० घडीअर्वा बस्ने ४५ वर्षिय मोहनबहादुर क्षत्री झन्डै सात महीनादेखि पक्षघात भएर थला परेका छन् । उनको कमाइको भरमा परिवारको भरणपोषण हुँदै आएको थियो । उनी बिरामी परेर थला परेपछि अहिले परिवारको बिचल्ली भएको छ ।

विज्ञापन

क्षत्रीले भावविह्वल हुँदै भने, “मसँगै मेरो शारीरिक र आर्थिक क्षमता शिथिल भएको अवस्थामा आमाबुबा, पत्नी र चारजना छोरीको अनुहार नियाल्नुबाहेक विकल्प छैन ।”

क्षत्रीको परिवारमा ९० वर्षका वृद्ध बुबा र ८० वर्षकी वृद्धा आमासँगै पत्नी र चारजना छोरी गरी आठजनाको परिवार छ । क्षत्री रारा चप्पल उद्योग, जीतपुरमा सुरक्षा गार्डमा स्थायी जागीरे थिए । सो कमाइबाट नै परिवारको भरण–पोषण हुँदै आइरहेको थियो । आम्दानीको श्रोत बन्दभएपछि अहिले उनका परिवार टोलछिमेकको दयामायामा बाँचेका छन् ।

क्षत्रीले भावविह्वल हुँदै भने, “मसँगै मेरो शारीरिक र आर्थिक क्षमता शिथिल भएको अवस्थामा आमाबुबा, पत्नी र चारजना छोरीको अनुहार नियाल्नुबाहेक विकल्प छैन ।”

स्थानिय बासिन्दाहरुका अनुसार भूमिहीन क्षत्री परिवार वीमनपा वडा नं १० का स्थायी बासिन्दा हुन् । क्षत्री परिवारसँग बस्नका लागि घर छैन । परिवारको कर्णाधार मोहनबहादुर बिरामी हुनु अघिसम्म उनीहरु भाडामा बस्दै आएका थिए । अहिले सोही टोलका एकजना घरधनीले यो परिवारलाई निश्शुल्क डेरा दिएका छन् ।

गत असोजमा काममा जाँदै गर्दा बाटोमा लडे । क्षत्रीको नारायणी अस्पताल र एडभान्स अस्पतालपछि एलएस न्युरो अस्पतालमा उपचार भयो । त्यहाँ तीन दिन उपचार भएको थियो । चिकित्सकहरूले ब्रेन स्ट्रोक भएको परिवारजनलाई अवगत गराएका थिए । उनको शरीरको बायाँतर्फको अङ्ग काम गरिरहेको थिएन । 

छिमेकी उर्मिला देवीले सुशीलामाथि परिवारको जिम्मेवारीको ठूलो भार थपिएको बताइन् ।

चिकित्सकहरूले शल्यक्रिया गर्नुपर्छ भन्दैै ठूलो धनराशि खर्च हुने बताएपछि आर्थिक समस्याले ग्रस्त क्षत्रीलाई घरमा राखेर हेरचाह गरिंदै आएको पत्नी सुशीला क्षत्रीले बताइन् । खानलाउन गा-हो भएको अवस्थामा अस्पतालमा शल्यक्रिया गराएर उपचार गराउने आफूले सपनामा पनि नचिताएको उनले बताइन् ।

 उनले उपचारका लागि नभए पनि परिवारको भरणपोषणको लागि सहयोगको अपील गरेकी छन् । अहिले छिमेकीहरूको सहयोगमा औषधिको प्रबन्ध मिल्दै आएको उनले बताइन् । पतिको फिजियोथेरापी भइरहेको र क्रमिकरूपमा स्वास्थ्य सुधार भइरहेको सुशीलाले बताइन् । उनले आफूलाई तत्काल कुनै पनि रोजगार उपलब्ध गराए बिरामी पति, सासूससुरा र छोरीहरूको पालनपोषणमा सहयोग मिल्ने बताइन् ।

छिमेकी ओमप्रकाश गुप्ताले टोलका बासिन्दाहरूले सकेसम्म क्षत्री परिवारलाई आर्थिक र अन्नपात सहयोग गरिरहेको बताए । उनले क्षत्री परिवार अहिले धेरै अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको बताए । छिमेकी उर्मिला देवीले सुशीलामाथि परिवारको जिम्मेवारीको ठूलो भार थपिएको बताइन् । उनले वृद्ध सासूससुरा, पतिको दिसापिसाबदेखि बच्चाहरूको स्याहासुसार सुशीलाको काँधमा सरेको बताइन् ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here