जनकपुर – जनता समाजवादी पार्टी (जसपा) नेपालको नेतृत्व चयनका लागि आजदेखि निर्वाचन प्रक्रिया शुरु भएको छ । जनकपुरमा जारी एकता अधिवेशनको तेस्रो दिन बुधवार उम्मेदवारी दर्ताको प्रक्रिया जारी छ ।
निर्वाचन समितिका संयोजक महम्मद समिम अखतर अलीले जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध भएको बताए । उनले आज बिहान भएको नोमिनेशनमा अध्यक्ष पदमा यादवको एकल उम्मेदवारी परेको जानकारी दिए ।
यसैगरी, बाँकी पदाधिकारी तथा सदस्यहरूमा बढी उम्मेदवारी परेकोले निर्वाचन प्रक्रिया अनुसार नामावली प्रकाशन गर्ने तयारी भइरहेको निर्वाचन समितिले जानकारी दिएको छ ।
बुधवार अपराह्न ४ बजेबाट शुरु हुने मतदानका लागि मनोनयन पत्र फिर्ता लिन साढे ११ बजेदेखि साढे २ बजेसम्मको समय तोकिएको थियो । निर्वाचन समितिका अनुसार उम्मेदवारको अन्तिम नामावली ३ बजे प्रकाशन गरिने छ । यी प्रक्रियाहरू सकिसकेपछि मतदान कार्यक्रमका लागि अपराह्न ४ बजेदेखि राति ८ बजेसम्म तोकिएको निर्वाचन केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।