विज्ञापन

​काठमाडौँ – आगामी असार ७ (२१ जुन) गते ​विश्व योग दिवस​ परेको छ।  सरकारले विद्यालय​मा समेत विश्व योग दिवस मनाउने निर्णय गरेको छ ।

बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्व योग दिवसलाई विद्यालयस्तरमा पनि मनाउने निर्णय गरेको हो । शिक्षामन्त्री सुमना श्रेष्ठको अध्यक्षता बसेको मूल समारोह समितिको बैठकले ‘महिला सशक्तीकरणका लागि योग’ नाराका साथ विद्यालयस्तरमा दिवस मनाउने निर्णय गरेको हो ।
बैठकले प्रदेश र स्थानीय तहमा समेत योग दिवस मनाउन पत्राचार गरिनुका साथै विद्यालयस्तरमा दिवस मनाउन सबै शिक्षा विकास तथा समन्वय एकाइमार्फत विद्यालयहरूलाई अनुरोध गर्ने निर्णय गरिएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here