वीर​गंज, १५ माघ/  युनाइटेड नेपाल फाउन्डेसन वीरगंजले वीरगंज कपडा बैंकलाई कपडा सहयोग गरेको छ । 

फाउन्डेसनका अध्यक्ष आकाश दास, सचिव पीयूष अग्रवाल र कार्यक्रम संयोजक कुनाल श्रीवास्तवले ३ बोरा र २ झोला कपडा सहयोग गरेको वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहलाइ बताए । 

फोटो : सौजन्य

फाउन्डेसनका अध्यक्ष दासले वीरगंज कपडा बैंकले विगत लामो समयदेखि विपन्न तथा असहायहरुका साथै आगलागी र बाढी पिडितहरुको घरदैलोमा पुगेर निस्वार्थ ​रुपमा गरिरहेको सेवाभावले आफूहरु निकै ​प्रभावित भएको बताए। अहिले चिसोको समयमा न्यानो कपडा खरिद गर्न असमर्थ विपन्न तथा असहायहरुलाई सहज रुपले न्यानो कपडा उपलब्ध ​होस् भन्ने ध्येयका साथ वीर​गंज कपडा बैंकको सत्कार्यमा हातेमालो ​गरेको र आगामी दिनमा ​पनि साथ सहयोग रहने प्रतिबद्धता ब्यक्त गरे।

सो अवसरमा ​कपडा बैंकका अध्यक्ष सिंहले “तपाई संग धेरै छ भने हामी​लाई दिएर जानु​स् र तपाईंसँग छैन वा आवश्यकता छ भने हामीसँग निशुल्क लिएर जानुस्” भन्ने मुलमन्त्रलाई आत्मसात गरी विगत ६ वर्ष देखि वीर​गंज-८ मा कार्यालय स्थापना ​गरी सेवा प्रवाह गर्दै आइरहेको बता​ए। ​उनले जाडो​को बेला कम्बल, शाल, ज्याकेट, स्वेटर,​ इन्नर, ​टोपी,​ पाईन्ट ​र सर्ट लगायतका न्यानो कपडाहरु सहयोग गर्न मानवताप्रेमी ​जनमानसलाई आग्रह ​गरे। 

​सो अवसरमा वीरगंज कपडा बैंकका कोषाध्यक्ष मनोज मिश्रा र कर्मचारी शोभा देवी लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here