विज्ञापन

कुनै व्यक्तिले गाडी वा मोटरसाइकल किन्नुअघि सवारी नियम पालना सम्बन्धि प्रतिवद्धता सम्झौँता पत्रमा हस्तारक्षर गर्नु पर्ने भएको छ । सवारी विक्रेताले समेत सवारी नियम पालना सम्बन्धि प्रतिबद्धता पत्रमा हस्ताक्षर गराएर मात्र बिक्री गर्नु पर्ने व्यवस्था लागु गर्ने तयारी भइरहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार यो नियम कार्यान्वयन गर्ने विषयमा नाडा अटोमोवाइल एसोशिएसन अफ नेपालसँग छलफल भइरहेको जनाइएको छ ।उपत्यकामा आज आयोजित पत्रकार सम्मेलनमा ट्राफिक महाशाखाले आफ्ना आगामी कार्ययोजना पेश गरेको थियो ।

विज्ञापन

सो योजना अनुसार प्रविधिमैत्री ट्राफिक व्यवस्थामा जाड दिइने जानकारी दिइयो ।महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिम ढकालले उपत्यकाका मुख्य स्थानहरुमा ट्राफिक लाइट राखिनुका साथै सिसिटिभीको समेत व्यवस्था भइरहेको जानकारी दिए ।

उनले सडक पूर्वाधार विकासमा जोड दिदै सडक लेन मार्किङ, संकेत बोर्डहरु राख्ने काम सुरु गर्नलागिएको बताए ।यस्तै कोटेश्वर सडकखण्डमा थप लेन निर्माणका लागि सरोकारवालाहरुसँग छलफल भइरहेको र आगामी दिनहरुमा स्कुलमा ट्राफिक चिल्ड्रेन पार्क बनाउने योजना समेत कार्यक्रममा पेश गरिएको थियो ।

ट्राफिक महाशाखाले रुट पर्मिट वितरण प्रणालीमा समेत सुधार ल्याउन अध्ययन भइरहेको जनाएको छ । साथै, सार्वजनिक यातायातमा जेष्ठ नागरिकलाई विशेष व्यवस्थाका लागि पहल गर्नुका साथै ट्राफिक मैत्री सडकका लागि ३७ बुदे अल्पकालिन सडक सुधार कार्ययोजना कार्यान्वयन गर्ने बताइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here