काठमाडौँ — अर्थमन्त्री बर्षमान पुनले नीतिगत अस्थिरता कम गर्न थोरै क्षेत्रमा मात्रै करका दरहरु हेरफेर गरिएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले बिहीवार काठमाडौंमा गरेको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथिको छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री पुनले वर्तमान मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउँदै नीतिगत स्थिरता समेत दिनेगरी आगामी आर्थिक वर्षको बजेट आएको बताए ।

उनले सरकारले सार्वजनिक पक्षलाई जोड दिँदै सोही प्रतिवद्धता अनुसार नै बजेट ल्याइएको उल्लेख गरे । उनले मुलुकमा सरकार र अर्थमन्त्री परिवर्तन भएपनि सरकारको नीति र बृहत् सोचमा परिवर्तन नआउने गरी बजेट ल्याएको जानकारी दिए । उनले नयाँ चरणको आर्थिक सुधार गर्ने साझा सोचबाट बजेट आएको भन्दै बृहत् छलफलबाट सोच निर्माण गरी कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए ।

उनले निजी क्षेत्रसहितको साझा सोचबाट मुलुकको अर्थतन्त्रमा नयाँ चरणको परिवर्तन गर्ने सरकारको प्रतिवद्धता रहेको उल्लेख गरे ।उनले सरकार निजी क्षेत्रको साझा सोच र संकल्पबाट मात्रै नयाँ चरणको सुधार हुनसक्ने दाबी गरे । उनले छिमेकी देशको आर्थिक विकासलाई समेत दृष्टिगत गरेर सरकारका प्राथमिकता बजेटमार्फत सार्वजनिक गरेको उल्लेख गरे ।

अर्थमन्त्री पुनले भने, ‘मुलुकमा सरकार र अर्थमन्त्री परिर्वतन भइराख्छन् । तर बृहत् सोचमा परिवर्तन नआओस् । नयाँ चरणको आर्थिक सुधार गरौं । त्यो पनि साझा सोचबाट गरौं भन्ने बजेटमा उल्लेख भएको छ ।

सरकारको मात्रै नभएर बृहत् छलफलबाट सोच निर्माण गरौं । निजी क्षेत्रसहितको साझा सोच आउनुपर्छ जसले मुलुकको अर्थतन्त्रमा नयाँ चरणको परिर्वतन गर्न सकोस् भन्ने सरकारको प्रतिबद्धता हो । सबैको साझा सोच र संकल्प बनेपछि नयाँ चरणको सुधार हुन्छ । करका दर हेरफेर तीन महले बनाएरै हेरफेर गरेका छौं । यो विषयमा सार्वजनिक बहस गर्न तयार छौं ।’ उनले सबैले बजेट सन्तुलित आएको भन्दा आफैँ सरपराइज भएको बताए ।

साभार : इकान्तिपुर

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here