वीरगंज, २१ असोज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह र स्थानीयवासीबीच झडप भएको छ । वीरगंज–१७ अलौंमा सोमवार बिहान मेयर सिंह र स्थानीयवासीबीच हात हालाहाल भएको हो । महानगरको वडा नम्बर २६ स्थित खेतमा जमेको पानीको विषयलाई लिएर विवाद भएको थियो । स्थानीयका अनुसार असोज १२ र १३ गतेको अविरल वर्षापछि आएको बाढी खेतमा भरिएको थियो । जमेको पानी शनिवार वडा नम्बर १७ का वडा सदस्य आमोद यादवले खोल्नुभएको थियो, तर आइतवार अर्काे पक्ष गएर फेरि बन्द गरेको थियो । त्यही जमेको पानीको विषयमा विवाद भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन