वीरगंज, २२ असोज । सशस्त्र प्रहरी बल पर्साले १२ लाख ८ हजार १७६ मुल्य बराबरको भन्सार छलीका सामान बरामद गरी वीरगंज भन्सार कार्यालयमा आज बुझाएको छ ।
सशस्त्र प्रहरी बल, पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामीका अनुसार असोज २२ गते प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको टोलीले वीरगंज–१६ भन्सार मेनगेट लगायत बिभिन्न सीमानाकाहरूबाट अबैध रूपमा ना २ ह ४७८५ नं. को अटो तथा अन्य बिभिन्न सार्वजनिक सवारी साधनहरूमा लोड गरी नेपाल ल्याउदै गरेको ८,५८,१७६।– बराबरको कपडा, किराना सामान, मोटरपार्टस, खेलौना, कस्मेटिक, औषधि, बरामद गरेको उनले बताए ।
यसैगरी अटोको भन्सार मुल्य रू. ३,५०,०००।– मुल्याङ्कन गरि आवश्यक कारवाहिको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक धामीले बताए ।
प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here