जेनेभा, २३ असोज । आप्रवासी र शरणार्थीको अधिकारका लागि दशकौँ लामो समयदेखि काम गर्दै आएकी ब्राजीलीयाली भिक्षुणी रोसिटा माइलेसीले बुधवार संयुक्त राष्ट्रसङघीय शरणार्थी निकाय (युएनएचसिआर)को नानसेन पुरस्कार जित्नुभएको छ । ७९ वर्षीय माइलेसीले ४० वर्षको अवधिमा ब्राजीलमा कानुनी कागजात, आवास, खाना, स्वास्थ्य सेवा, भाषा प्रशिक्षण र श्रम बजारमा पहुँच पु¥याउन हजारौँ मानिसलाई सहयोग गरेको युएनएचसीआरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । माइलेसीसहित चार क्षेत्रीय पुरस्कार पनि सबै महिलाहरूलाई दिइएको छ । माइलेसीसँगै क्षेत्रीय पुरस्कारबाट नेपालकी दीप्ति गुरूङ, बुर्किना फासोकी मैमौना बा, सिरियाली जिन डाभोद, सुडानी शरणार्थी नाडा फाडोल सम्मानित भएका छन् । सम्मानित हुने चार व्यक्तित्वमध्येकी एक नेपाली चेली गुरूङ रहनुभएको छ । उहाँले आफ्ना छोरीहरू राज्यविहीन भएपछि नेपालको नागरिकता कानुनमा सुधार का लागि अभियान चलाउनुभएको थियो । “मैले आप्रवासी र शरणार्थीहरूको लागि आफूलाई समर्पित गर्ने निर्णय गरेँ । म शरणार्थीहरूलाई सहयोग गर्न, स्वागत गर्न र एकीकृत गर्न बढ्दो आवश्यकताबाट प्रेरित छु,” माइलेसीले पुरस्कृत भएपछि दिएको संक्षिप्त टिप्पणीमा भन्नुभएको छ । रोमन क्याथोलिक भिक्षुणीले माइग्रेसन एण्ड ह्युमन राइट्स इन्स्टिच्युटलाई शरणार्थीको हक हितका लागि नडराईकन काम गर्न निर्देशन दिँदै भन्नुहुन्छ, “म काम गर्न डराउँदिन, यद्यपि हामीले चाहेको सबै कुरा प्राप्त गर्न सक्दैनौँ। यदि मैले त्यसो गर्न सक्थेँ भने यसलाई प्राप्त गर्न म संसारलाई उल्टो पारिदिने थिए ।” यूएनएचसीआरले उहाँको कामको वारेमा प्रकाश पार्दै माइलेसीले शरणार्थीको हक र हितका लागि एक सशक्त वकीलको रूपमा काम गरेका छ । उहाँको कामले विशेष गरी ब्राजीलको १९९७ को शरणार्थी कानून निर्माणमा अन्तर्राष्ट्रिय मापदण्डअनुरूपको सार्वजनिक नीतिलाई आकार दिन ‘महŒवपूर्ण’ भूमिका खेलेको बताएको छ । उहाँले ब्राजीलको सन् २०१७ को आप्रवासन कानुनमा पनि यस्तै भूमिका खेल्नुभएको थियो । यो कानुनले ब्राजीलका विभिन्न समूहलाई एक ठाउँमा ल्याउने र सांसदहरूलाई परिचालन गर्ने काम भएको थियो।
प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन