वीरगंज, १२ कात्तिक । सुदूर पश्चिमाञ्चल विश्व विद्यालयबाट सम्बन्धन प्राप्त एपेक्स म्यानेजमेन्ट कलेजले बिबिएमा भर्ना भएका विद्यार्थीहरूको ओरिएन्टेसन कार्यक्रम थाहा नगरपालिकाको टिस्टुङ्मा रहेको ॐ अध्याय रिट्रिट रिसोर्टमा सम्पन्न गरेको छ ।
कलेजका संचालक समिति अध्यक्ष डा. दीपेन्द्र कुमार चौधरीको अध्यक्षता तथा सुदूर पश्चिमाञ्चल विश्वविद्यालयका व्यवस्थापन संकायका डीन प्राध्यापक डा. पदम राज जोशीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रा.डा. जोशीले एपेक्सको ओरिएन्टेसन यस वर्षको पहिलो रहेको र एपेक्सले लिएको नीति अनुसार अगाडि बढ्दा उत्कृष्ट नतिजा दिन सक्ने बताउनु भयो । स्तरीय पठनपाठन, मर्यादित परीक्षा र संचालक परिवर्तन रहित संस्था बनाउन समेत निर्देशन दिनु भयो । कलेजले भविष्यमा गर्ने अतिरिक्त क्रियाकलाप, पठनपाठन तथा विद्यार्थीहरूको आचारसंहिता सम्बन्धनमा कलेका एकेडमिक डायरेक्टर दर्शन केसीले प्रस्तुतीकरण दिनु भएको थियो ।
कार्यक्रममा कलेजका संचालकहरू बिनोद कुमार गुप्ता, सुरेश चौधरी, वीरगंज कलेजका कोडिनेटर राजेश्वर चौधरी, शिक्षक कृष्णा पासवान, कलेजका शिक्षकहरू दिपेन्द्र कानु, जितेन्द्र पटेल तथा कर्मचारीहरू समिक्षा श्रेष्ठ, रमानरेश यादब र विद्यार्थीहरूको सहभागीता रहेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here