वीरगंज, ११ माघ/ वीरगंज उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरूले रक्सौलका अनुमण्डल पदाधिकारी तथा डिएसपीसँग शिष्टाचार भेटघाट गरेका छन् । भेटघाटका क्रममा वीउवा सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले रक्सौलको विमानस्थल यथाशीघ्र सञ्चालनमा ल्याउन, रेल्वे क्रसिङ्गमा आकाशे पुलको अभावमा दुवै देशका जनताहरूले घण्टौं जाममा परी सास्ती भोग्नु परिरहेकोले यथाशीघ्र आकाशे पुलको निर्माण गर्न र नेपाल–भारत बीचको खुला सिमानाका कारण अवाञ्छित भइरहेकोले सोलाई नियन्त्रण गर्न आग्रह गर्नुभयो । उहाँले नेपाल र भारत दुवै देशलाई आर्थिक, सामाजिक र सांस्कृतिक फाइदा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । अनुमण्डल उप–जिल्ला अधिकारी शिवाक्षी दिक्षीतले रक्सौलमा एयरपोर्ट निर्माणको लागि आपूmले पहल गरिरहेको बताउनुभयो । एयरपोर्ट निर्माणको लागि स्थलगत निरीक्षण भई सकेको र निर्माण कार्य पनि चाँडै शुरू हुने बताउनुभयो । भेटघाटमा सङ्घका उपाध्यक्ष माधव राजपाल, सचिव प्रेमचन्द्र गोयल, सहसचिव नरेश टिबडेवाल, स्थानीय समाजसेवी महेश अग्रवाल, पत्रकार प्रणय कुमारको सहभागीता रहेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here