वीरगंज १९ असोज । पसाका बाढी पीडितहरूलाई बिहान र बेलुकी दुर्ई छाक पोसिलो खाना वितरण शुरू गरिएको छ। जिल्ला समन्वय समिति पर्साका सभापति अजय सर्राफ, नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाई, उद्योग बाणिज्य संघ पर्साका सभापति हरि गौतम, नेपाल रेडक्रस सोसाइटी वीरगंजका सभापति बृजकिशोर पटेल लगायतका सहयोगमा आइतवारदेखि बाढीपीडितलाई खाना वितरण शुरु गरिएको हो । २५० जनाका लागि खाना तयार गरी पर्सा जिल्लाका विभिन्न स्थानहरूमा पुगेर बाढीपीडितहरुलाई खाना वितरण गरिएको नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाईले जानकारी गराएका छन् । बाढीले घरवार विहीन भएका पीडितहरूको राहतका लागि प्रभावित क्षेत्रहरूमा पुगेर खाना वितरण भइरहेको बताएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here