वीरगंज, २८ असोज । सशस्त्र प्रहरी बल पर्सा र राजस्व अनुसन्धान कार्यालय बाराको संयुक्त टोलीले वीरगंजका एकजना सुनचाँदी व्यवसायीको घरमा छापामारी सुन, चाँदीका गहना बरामद गरेको छ । सोमवार वीरगंज महानगरपालिका वडा नं. ८ माईस्थान स्थित अभिषेक सर्राफको घरमा अबैध रूपमा भन्सार छलि सुन ल्याई गोदाम गरिराखेको सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हेडक्वार्टर पर्सा र राजस्व अनुसन्धान कार्यालय बाराको संयुक्त टोलीले छापामारी गरेको छ । छापामारीको क्रममा उक्त सुन, चाँदी नियन्त्रणमा लिई सुन चाँदी ब्यवसायी संघ पर्सामा लगेर मापन गर्दा सुन २२५४.८६ ग्राम, चाँदी १०३५४.०७ ग्राम, सुन जस्तो देखिने ५५९.१० ग्राम, चाँदी जस्तो देखिने ५५० ग्राम र नगद नेपाली रू.१ लाख ९ हजार तथा भा.रू.४१ हजार ६० नगद बरामद भएको छ । नगद र सुनचांदीका गहना बरामद गरि आवश्यक कारबाही तथा अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा लगिएको सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी गराएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here