पोखरिया, १ कात्तिक । पर्साको पोखरिया नगरपालीका वडा नम्बर ५ सतवरियामा हिन्दुहरूको महान पर्व तिहार, शुभ दिपावली तथा छठको अवसरमा आज सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
युवा कल्याण समाज समितिले अयोजना गरेको सरसफाई कायक्रममा समितिका अध्यक्ष नन्दकिसोर प्रसाद यादव उर्फ टाईसनको अध्यक्ष्यतामा भएको सरसफाई कार्यक्रम सतवरियाको हरेक टोल–टोलमा सरसफाई गरिएको थियो । सरसफाइपछि आयोजित कोणसभामा वक्ताहरूले गाउँँ–गाउँँ हरेक टोलको विकास र समृद्धिको लागी सम्बन्धीत स्थानीय सरकार, प्रदेस सरकार र सँघ सरकारसँग पहल गर्ने बताएका छन ।
वडा अध्यक्ष महेन्द्र महतो चाईको प्रमुख अतिथ्यमा भएको सरसफाई कार्यक्रममा पोखरिया नगरपालीकाको पुर्व मेयर दिपनारायण प्रसाद रौनियार उर्फ मन्टु रौनियार, फेमस नेपाल सन्देश पत्रिकाका सञ्चालक पत्रकार शैलेश गुप्ता, प्रधानाध्यापक लालबाबु प्रसाद चौहान, समाज सेवी मंगल साह कानु, नन्दकिसोर यादव, नन्दकिसोर प्रसाद चौहान, रहिम मियाँ, जगदिश प्रसाद चौहान, अब्दुल आलम, राजु चौहान, राजु रौनियार, होदा मियाँलगायत गाउँका युवा समाजसेवी बुद्धिजिवीहरू सहभागी थिए ।
प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here