वीरगंज, २९ कात्तिक । नेकपा एमाले पर्सा जिल्ला कमिटीले शनिवार वीरगंजमा जनप्रदर्शन गरेको छ । वर्तमान सरकारको गतिविधि र विदेशीसँगको निर्भरताको विरोधमा सहभागीहरूले प्रदर्शन गरेको थियो । कोणसभामा नेकपा एमालेका केन्द्रिय सदस्य प्रभु हजराले वर्तमान सरकारले संविधानको मर्म र जनादेशविपरीत शासन गरिरहेको आरोप लगाए । आजको सरकार संविधान र देशको स्वाधीनतासँग खेलबाड गदैं दुवैलाई कमजोर बनाउने काममा लागेको बताए । उनले संसद पुनरस्थापना नभए देश अस्थिर हुने बताउँदै संसद पुनरस्थापना आवश्यक रहेको जिकिर गरे । -यालीमा सहभागीहरूले पार्टीका झण्डा सहित ‘विदेशी सरकार मुर्दावाद’, ’अवैधानिक सरकार हटाऔ, संसद पुनरस्थापना गर, एनजियो सरकार मुर्दावाद, बिदेशी दलाली बन्द गर र एमाले जिन्दावाद’ जस्ता नारा घन्काएका थिए । नेकपा एमालेका पर्सा जिल्ला अध्यक्ष विश्वम्भर शर्माको अध्यक्षता तथा पार्टीका केन्द्रिय सदस्य तथा पर्सा जिल्ला ईन्चार्ज प्रभु हजराको प्रमुख अतिथ्यमा सम्पन्न जनप्रदर्शन कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य निर्मला देवकोटा, सल्लाहाकार परिषद्ध सदस्य जालिम मियाँ, प्रदेश कमिटिका उपाध्यक्ष बिचारी यादवलगायतको सहभागिता थियो ।
प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here