वीरगंज २९ माघ । साउथ जोन माविले १७औं स्थापना दिवस बिहीवार सम्पन्न भव्यताका साथ सम्पन्न भएको छ । विद्यालयको सत्र वर्षे शैक्षिक यात्रा, उपलब्धि र प्रगतिशील भविष्यप्रति सहभागीहरुले मन्तव्य राखेका थिए ।
कार्यक्रममा अन्तर–हाउस गायन तथा नृत्य प्रतियोगिता , गीत–संगीत, नृत्य, नाटक तथा विभिन्न मनोरञ्जनात्मक प्रस्तुति विद्यार्थीहरुले दिएका थिए। साताव्यापी रूपमा सञ्चालन गरिएको कार्यक्रम अन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो। विद्यालयका प्रधानाध्यापक सरोज प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, विशिष्ट अतिथिहरूमा वडा नम्बर १३ का वडा अध्यक्ष हिरा गिरी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओम प्रकाश खनाल, नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाई, नेशनल प्याब्सन पर्साका अध्यक्ष राम श्रेष्ठ, प्याब्सन पर्साका वरिष्ठ उपाध्यक्ष सुशिला साह, वरिष्ठ सल्लाहकार प्रकाश उपाध्याय, समाजसेवी प्रकाश थारू, उद्योग वाणिज्य संघ वीरगंजका अध्यक्ष हरि गौतम, प्याब्सनका श्याम केसी तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी निरीक्षक युवराज कटुवाल,मानवसेवा आश्रम वीरगंजका संस्थापक अभियन्ता देवेश गुप्ता लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन अशोक संग्रौलाले गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्