वीरगंज, ९ फागुन । वीरगंज समाज सेवाले नारायणी अस्पताल परिसरमा लगातार २३औं महिनाको दोश्रो साप्ताहिक निःशुल्क भोजन कार्यक्रम शनिवार सम्पन्न गरेको छ।
गत दुई वर्ष देखि प्रत्येक शनिवार बिहान १० बजेदेखि नारायणी अस्पतालको प्राङ्गणमा सञ्चालन हुँदै आएको निशुल्क भोजन सेवा कार्यक्रममा बिपन्न बिरामीहरू, कुरूवाहरू, असहायहरूको साथै रिक्सा, ईरिक्सा चालकहरू, यात्री बटुवाहरू लाई घरमा बनाएको जस्तो शुद्ध र गुणस्तरीय पोषिलो भोजन खुवाइएको हो ।
शनिवार करिब ५ सय जनाले भात, दाल, आलु काउली मिक्स तरकारी र हरियो भुटेको खुर्सानीको अचार थपी थपी खुवाइएको थियो ।
कार्यक्रममा समाजका सचिव प्रकाश बाहेती, निशान्त लाठ, कल्पना किङरिङ, साचे मगर, अरमान अलि, बजरङ अग्रवाल लगायतले सेवा प्रदान गरेका थिए ।
सो अवसरमा वीरगंज कपडा बैंकका अध्यक्ष तथा सञ्चारकर्मी लालबाबू सिंहले दिनदुखी असहायको सेवा सहयोग नै ठूलो धर्म र कर्म भएकोले नारायणी अस्पताल परिसरमा निशुल्क भोजन गराउँदै आएको बताए ।
प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here