वीरगंज ०९ फागुन । लायन्स क्लब अफ रक्सौल र लायन्स क्लब अफ वीरगंजको संयुक्त आयोजनामा भारत–नेपाल मितेरी पुलमा रक्तदान शिविर शनिवार सम्पन्न भएको छ। शिविरमा नेपाल र भारतका गरी ६० जनाले रक्तदान गरेका छन्, जसमा ३५ जना नेपाली र २५ जना भारतीय सहभागी थिए।
कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख राजेशमान सिंहले रक्सौल र वीरगंजका लायन्स क्लबहरूले संयुक्त रूपमा आयोजना गरेको रक्तदान शिविरलाई ऐतिहासिक पहलको संज्ञा दिनुभयो। उहाँले मैत्री पुलको सौन्दर्यीकरणमा नेपालले गरेको योगदानको चर्चा गर्दै यस्ता कार्यक्रमले दुई देशबीचको मित्रतालाई थप मजबुत बनाउने बताउनुभयो।
रक्सौलका एसडीएम मनीष कुमारले रक्तदान जस्तो मानवीय कार्यले बिरामीहरूको जीवन बचाउन महŒवपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै प्रत्येक स्वस्थ व्यक्तिलाई छ–छ महिनामा रक्तदान गर्न आग्रह गर्नुभयो।
लायन्स क्लब अफ रक्सौलका अध्यक्ष बिमल कुमार सर्राफले भारत र नेपालबीच शताब्दीयौंदेखि रहेको “रोटि बेटीको” सम्बन्धलाई स्मरण गर्दै संयुक्त रक्तदान शिविरले दुई देशका नागरिकबीचको रक्त सम्बन्धलाई पनि सुदृढ बनाएको बताउनुभयो।
रक्सौल उप–डिभिजनल प्रहरी अधिकारी मनीष आनन्दले कार्यक्रमको प्रशंसा गर्दै भारत–नेपाल सम्बन्ध सुदृढ पार्न निरन्तर यस्ता पहल आवश्यक रहेको धारणा राख्नुभयो।
वीरगंजका प्रमुख जिल्ला अधिकारी भोला दाहालले कार्यक्रमको सराहना गर्नुभयो भने ग्रिन सिटी, वीरगंजका जयप्रकाश खेतानले यसलाई भारत–नेपाल मित्रताको शक्तिशाली उदाहरणका रूपमा व्याख्या गर्नुभयो।
प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here