जनकपुर। मधेश प्रदेशको धनुषा जिल्लामा खुकुरी प्रहारबाट एक युवकको ज्यान गएको छ। जिल्लाको औरही गाउँपालिका–६ मा बिहीबार अपराह्न भएको घटनामा हंसपुर नगरपालिका–९ का सुमित मन्डल हत्या गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। प्रहरी प्रमुख रुग्म कुँवरका अनुसार अपराह्न करिब ४ बजेतिर घटनाबारे सूचना प्राप्त हुनासाथ प्रहरी टोली खटिएको थियो। प्रारम्भिक अनुसन्धानबाट मृतकको एक युवतीसँग प्रेम सम्बन्ध रहेको खुलेको र सोही विषयसँग घटना जोडिएको हुन सक्ने आशंका गरिएको छ। यद्यपि, घटनाको वास्तविक कारणबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।संलग्न व्यक्तिहरूको खोजी तथा पहिचानको काम तीव्र बनाइएको छ।मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल पठाइएको छ 
प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here