वीरगञ्ज । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत बिन्दवासिनी गाउँपालिकामा नेकपा (एमाले) को घरदैलो तथा जनता दर्शन कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रतिनिधिसभा सदस्यका युवा उम्मेदवार रूपेश कुमार पाण्डेको पक्षमा उल्लेखनीय जनसहभागिता देखिएको छ।
बिन्दवासिनीको प्रसौनी, अमरपट्टी, मधवल लगायतका टोलहरूमा पुगेका उम्मेदवार पाण्डेलाई स्थानीय मतदाताले आत्मीय स्वागत गर्दै उनको विकास दृष्टिकोणप्रति विश्वास व्यक्त गरेका थिए। घरदैलोका क्रममा मतदातासँग प्रत्यक्ष संवाद गर्दै पाण्डेले पर्सा–३ लाई आर्थिक, सामाजिक तथा पूर्वाधार विकासको दृष्टिले अगाडि बढाउने आफ्नो स्पष्ट योजना प्रस्तुत गरेका हुन ।
स्थानीय युवाहरू, महिला समूह तथा ज्येष्ठ नागरिकहरूले समेत पाण्डेको नेतृत्व क्षमताको प्रशंसा गर्दै यसपटक क्षेत्रलाई नयाँ ऊर्जा र स्पष्ट दिशानिर्देशन दिन सक्षम नेतृत्व आवश्यक रहेको बताएका छन। विशेषतः रोजगारी सृजना, कृषि आधुनिकीकरण, शिक्षा तथा स्वास्थ्य सेवाको पहुँच विस्तार र स्थानीय उद्योग–व्यवसाय प्रवर्द्धनका एजेन्डाले मतदातालाई आकर्षित गरेको देखिएको छ।
पर्सा–३ मा यसपटक पुस्तान्तरणको बहस पनि प्रमुख विषय बनेको छ। लामो समयदेखि परम्परागत नेतृत्वको वर्चस्व रहेको क्षेत्रमा युवा उम्मेदवारको सक्रियता र निरन्तर जनसम्पर्कले चुनावी माहोललाई नयाँ मोड दिएको छ। रूपेश पाण्डेले विगत केही वर्षदेखि क्षेत्रीय गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आफूलाई परिवर्तनको संवाहकका रूपमा स्थापित गर्न प्रयासरत रहेका छन।
घरदैलो कार्यक्रमका क्रममा स्थानीय बासिन्दाहरूले विकासप्रति प्रतिबद्ध, पहुँचयोग्य र जवाफदेही नेतृत्वको आवश्यकता औंल्याउँदै पाण्डेलाई भारी मतले विजयी गराउने प्रतिबद्धता जनाएका थिए।
समग्रमा बिन्दवासिनी क्षेत्रमा देखिएको जनसक्रियता र समर्थनलाई आधार मान्दा पर्सा–३ को चुनावी प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ। आगामी निर्वाचन परिणामले यस क्षेत्रको राजनीतिक दिशानिर्देशन तय गर्ने अपेक्षा गरिएको छ।
कतिपय राजनीतिक दलले नेकपा एमाले प्रति जनताको विश्वास र प्रतिनिधि सभा सदस्यका युवा उम्मेदवार रूपेश कुमार पाण्डेको पक्षमा बढ्दो जनलहरले पर्सा – ३ यसपालि परिवर्तन निश्चित रहेको देखिएको छ।
प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here