वीरगंज, २५ फागुन । भन्सार छली गरेर भण्डारण गरिएको ठूलो परिमाणमा अवैध कपडा सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म हेडक्वार्टर वीरगंजले बरामद गरेको छ ।
सशस्त्र प्रहरीका अनुसार डिएसपी विकास अधिकारीको नेतृत्वमा खटिएको टोलीले वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित एक गोदाममा छापा मार्दा भन्सार छली गरी भारतबाट अवैध रूपमा ल्याइएका विभिन्न प्रकारका कपडा फेला पारेको हो । बरामद गरिएका सामग्रीमा सर्टिड्ढा कपडा, सलवार–सुट, साडी लगायतका विभिन्न किसिमका रेडिमेड तथा कपडा सामग्री रहेका छन ।
सशस्त्र प्रहरीका अनुसार बरामद गरिएका कपडाको प्रारम्भिक अनुमानित मूल्य करिब १० लाख रुपियाँँ बराबर रहेको छ। बरामद गरिएका कपडाहरू आवश्यक कारबाही तथा मूल्याङ्कनका लागि वीरगंज भन्सार कार्यालय बुझाउने प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
सशस्त्र प्रहरी बल पर्साका एसपी मोहन बहादुर क्षेत्रीले तस्करी नियन्त्रण अभियानलाई तीव्र बताएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here