वीरगंज, ०५ चैत । मारवाडी प्रिमियर लिग–३ क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीवार सातौं दिनका खेलहरू आदर्शनगर रंगशालामा सम्पन्न भएको छ ।
सातौं दिनको पहिलो खेलमा निलगिरी ज्याग्वार्स र माछापुच्छ्रे बिटिएस ब्लास्टर्सबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा माछापुच्छरेले उत्कृष्ट प्रदर्शन गर्दै १५ ओभरमा ६ विकेट गुमाएर १२१ रन बनाएको थियो। जवाफमा निलगिरी ज्याग्वार्सले १३.२ ओभरमा ६ विकेट गुमाउँदै ९२ रन मात्र बनाउन सकेपछि माछापुच्छरे ३६ रनले विजयी भएको थियो।
त्यसैगरी दोस्रो खेल कञ्चनजंगा वीरगंज र द फोग फाइटर कैलाशबीच सम्पन्न भएको थियो। खेलमा कञ्चनजंगा वीरगंजले पहिले ब्याटिङ गर्दै १५२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। लक्ष्य पछ्याएको द फोग फाइटर कैलाश निर्धारित रन बनाउन असफल भएपछि कञ्चनजंगा वीरगंज विजयी हुन सफल भयो।
आजको खेलमा प्रमुख अतिथिका रूपमा नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाईले म्यान अफ दि म्याच तथा विजेता टोलीलाई पुरस्कार वितरण गरेका थिए।
प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here