वीरगंज, ८ वैशाख । प्रतिबन्धित लागू औषधसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।
वैशाख ६ गते राति ९ः५५ बजेको समयमा जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं.८ लिंक रोड सडकखण्ड स्थित समर होटल एण्ड लजमा लागु औषध ओसार पसार गर्ने संकास्पद व्यक्ति छन् भन्ने प्राप्त सूचना अनुसार प्रहरी टोलीले कोठा नं. १०५ मा बस्ने भारत, विहार जिल्ला मोतीहारी भेलाही बस्ने वर्ष २० को सागर कुमार पटेललाई नियन्त्रणमा लिएको जनाएको छ ।
पटेलको साथबाट लागु औषध Tramadol Hydrochloride Ip–50 Tramol तीस हजार पिस बरामद भएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी गराएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here