वीरगंज, २१ वैशाख । जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय,पर्साले जनाएको छ । आज बिहान प्रहरीले जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. ४ विर्ता चोकस्थित सडकखण्डमा संकास्पदरूपमा हिंडिरहेको अवस्थामा जेनजी आन्दोलनका क्रममा बाल सुधार गृह पर्सा वीरगंजबाट फरार भएका जिल्ला सुर्खेत गुर्वाकोट नगरपालिका वडा नं. २ सुर्खेत बस्ने वर्ष २२ को बेगम वि.क.लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीमाथि जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा ८ वर्ष कैद रू. चार लाख जरिवाना तोकिएपछि जेनजी आन्दोलनको क्रममा फरार भएका थिए । पक्राउ परेका विकलाई आजै वाल सुधार गृह वीरगंजमा पठाइएको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी गराएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here