वीरगंज ६ फागुन । प्रतिष्ठित चौथो माउन्ट एभरेष्ट इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसीप २०२६ मा नेपाल राष्ट्रिय टिमका खेलाडी तथा वीरगंज तेक्वान्दो डोजाङको सदस्य अबताब आलमले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई पदक दिलाउन सफल भएका छन।
अन्तर्राष्ट्रिय स्तरको कडा प्रतिस्पर्धाबीच दृढ संकल्प, अनुशासन र उत्कृष्ट खेल कौशल प्रदर्शन गर्दै उनले नेपाललाई पुनः विश्व मञ्चमा गौरवान्वित बनाएका छन। उनको यो उपलब्धि केवल व्यक्तिगत सफलता मात्र नभई वीरगंज तेक्वान्दो डोजाङ र सम्पूर्ण नेपाल राष्ट्रिय टिमका लागि गर्वको ऐतिहासिक क्षण बनेको छ।
प्रतियोगिताभर उनले आत्मविश्वासका साथ प्रतिद्वन्द्वीहरूलाई पराजित गर्दै आफ्नो क्षमता प्रमाणित गरे। प्रत्येक बाउटमा उनको संयम, रणनीति र तीव्र गतिले दर्शक तथा प्रशिक्षकहरूको मन जित्न सफल भयो। पदक जितेपछि उनले भावुक हुँदै भने, “यो पदक मेरो देश, मेरा प्रशिक्षक र मलाई साथ दिने सबैको लागि हो।”उनको यो अभिव्यक्तिले खेलप्रतिको समर्पण र राष्ट्रप्रेम स्पष्ट झल्काउँछ।वीरगंज तेक्वान्दो डोजाङको गौरव
वीरगंज तेक्वान्दो डोजाङको प्रमुख महमद सकिल तथा अन्तर्राष्ट्रिय खेलाडी महमद वेशले अबताब आलमलाई हार्दिक बधाई दिँदै प्रेरणादायी सन्देश व्यक्त गर्नुभएको छ।
तेक्वान्दो केवल खेल मात्र होइन, यो अनुशासन, आत्मविश्वास र मेहनतको मार्ग हो। निरन्तर अभ्यास, दृढ इच्छा शक्ति र सकारात्मक सोचले मात्र सफलताको शिखर चुम्न सकिन्छ। सबै खेलाडीहरूलाई आफ्नो लक्ष्यतर्प अगाडि बढ्दै देशको नाम उच्च राख्न शुभकामना दिंदै उनले अबताब आलमको यो उपलब्धिले नेपाल तेक्वान्दो खेलमा विश्वसामु अझ सशक्त रूपमा उभिएको सन्देश दिएको छ। अन्तर्राष्ट्रिय प्रतियोगितामा निरन्तर सफलता हासिल गर्दै नेपालले फेरि एकपटक आफ्नो क्षमता र सम्भावना प्रमाणित गरेको छ।
प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here