वीरगंज, ७ फागुन । नेशनल प्याब्सन प्रिमियर नकआउट टी–२० क्रिकेट प्रतियोगिता–२०८२ अन्तर्गत चौथो दिन सम्पन्न दुई खेलमा माउन्ट हर्मन मा.वि. र ज्ञानोदय मा.वि. विजयी बनेका छन्।
विद्या सदन मा.वि.विरूद्ध माउन्ट हर्मन मा.वि.बीच भएको खेलमा माउन्ट हर्मनले टस जितेर पहिले बलिङ रोजेको थियो। पहिलो इनिङ्समा विद्या सदन मा.वि. ८.१ ओभरमा सबै विकेट गुमाउँदै मात्र २७ रनमा समेटियो। माउन्ट हर्मनका बलरहरूले कसेको लाइन–लम्बाइमा बलिङ गर्दै विपक्षी ब्याटिङ लाइनलाई धराशायी पारे।
जवाफी ब्याटिङमा माउन्ट हर्मन मा.वि.ले ४.४ ओभरमै बिना कुनै विकेटको क्षतिमा २८ रन बनाउँदै १० विकेटले शानदार जित दर्ता गर्यो।
सनोज यादवले ४ ओभरमा ११ रन खर्चेर ५ विकेट लिएका कारण म्यान अफ द म्याच घोषित भए ।
दोस्रो खेलमा शान्ति निकेतन मा.वि.ले टस जितेर बलिङ रोजेको थियो। पहिलो इनिङ्समा ज्ञानोदय मा.वि.ले निर्धारित २० ओभरमा १ विकेटको क्षतिमा विशाल २२९ रन बनायो। ज्ञानोदयका ब्याट्सम्यानहरूले आक्रमक प्रदर्शन गर्दै रनको वर्षा गरे। जवाफमा शान्ति निकेतन मा.वि. ७.३ ओभरमै १० विकेट गुमाउँदै ३३ रनमा सीमित भयो ।
प्रतियोगिताको म्यान अफ द म्याच सर्जिल अली अन्सारी घोषित भएका थिए । उनले २ ओभरमा १० रन खर्चेर ३ विकेट ६० बलमा शानदार १०० रन बनाएका थिए । अन्सारीको विस्फोटक शतक र प्रभावकारी बलिड्ढा कारण ज्ञानोदय मावि विजयी भएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here