वीरगंज, १२ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका जिल्ला सभापति एवं पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार हरि पन्तको चुनावी अभियानले तीव्रता पाएको छ। परिवर्तनको पक्षमा उभिने अठोटका साथ आज गहवा र रामटोलका बासिन्दाहरूले पन्तलाई अभूतपूर्व साथ र समर्थन जनाएका छन् ।
बिहानैदेखि शुरू भएको घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा स्थानीयको सहभागीता उल्लेखनीय थियो। पन्त आफ्नो टोलीसहित गहवा र रामटोलमा पुग्दा धेरैजसो स्थानीयले घर–घरबाट घण्टी बजाएर ऐक्यबद्धता प्रकट गरेका थिए। सो क्रममा स्थानीय आमा समूह, ज्येष्ठ नागरिक र युवाहरूले उनलाई टीका, माला र पुष्पगुच्छाले स्वागत गर्दै जितको आशीर्वाद दिएका थिए।
भेटघाटका क्रममा स्थानीय बासिन्दाहरूले वर्षाैंदेखिको राजनीतिक सिन्डिकेट तोड्न यसपटक नयाँ विकल्प रोज्ने बताए।स्थानीयवासीले भने, हामीले धेरैलाई हेर्यौ, अब आफ्नो क्षेत्रको विकास र सुशासनका लागि घण्टीलाई साथ दिने निर्णय गरेका छौँ।
कार्यक्रमलाई विशेष बनाउन स्थानीय युवाहरूको सक्रियता थियो। युवा नेताहरू निरज गुप्ता, सुमित कादमियाँ, अविनाश गुप्ता, विकास गुप्ता, छोटु साह, राजु साह, प्रदिप गुप्ता, दीपक कुशवाहा, आकाश गुप्ता, साहिल, अजय साह, करन साह, सन्तोष खेतान, र रोशन खेतान लगायतको नेतृत्वमा सयौंको संख्यामा युवाहरूले पन्तको पक्षमा नाराबाजी गर्दै घरदैलो गरेका थिए।
पन्तले मतदाताहरूको यो न्यानो माया र भरोसालाई आफूले कहिल्यै टुट्न नदिने र संसदमा पर्साको आवाजलाई बुलन्द बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here