वीरगञ्ज, १६ फागुन । वीरगञ्जस्थित नेपाल पत्रकार महासंघ पर्सा शाखा, वीरगञ्जको सभाहलमा आज प्रेस चौतारी नेपाल पर्सा शाखा द्वारा आयोजित प्रवेश कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम प्रेस चौतारी पर्साका अध्यक्ष निरञ्जन मिश्राको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले का केन्द्रीय सदस्य तथा पर्सा इन्चार्ज प्रभु हजरा रहनु भएको थियो। उहाँले कार्यक्रममा बोल्दै पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै जिम्मेवार र निष्पक्ष पत्रकारिताको आवश्यकता औंल्याउनुभयो।राष्ट्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण छ। सत्य, तथ्य र जनहितका पक्षमा उभिने पत्रकार नै समाज परिवर्तनका सारथी हुन्।उहाँले भन्नुभयो। उहाँले प्रेस चौतारीमा आबद्ध सञ्चारकर्मीहरूले पेशागत मर्यादा र आचारसंहितालाई आत्मसात गर्दै अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरूलाई खादा, माला तथा टीका लगाई औपचारिक रूपमा प्रेस चौतारीमा प्रवेश गराइएको थियो।कार्यक्रममा पर्सा जिल्ला अध्यक्ष डा. बिशम्भर शर्मा, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, एमाले केन्द्रीय सदस्य विजय सरावगी, प्रेस चौतारी नेपाल मधेश प्रदेश अध्यक्ष लालबाबु शेख, प्रदेश सदस्य अछुत पौडेल, केन्द्रीय सदस्य तथा पर्सा इन्चार्ज केसि लामिछाने, मधेश प्रदेश सदस्य कन्हैया गुप्ता, नेपाल पत्रकार महासंघका सह–सचिव एसके चौरसियालगायतको विशेष उपस्थिति रहेको थियो। त्यसैगरी प्रेस मञ्च नेपालका केन्द्रीय सदस्य सन्नी महतोको नेतृत्वमा पनि सञ्चारकर्मीहरू प्रेस चौतारीमा प्रवेश गरेका थिए।
कार्यक्रममा ४६ जनाले प्रवेश गरेका थिए। प्रवेश गर्नेहरूमा दिपेन्द्र शर्मा, जितेन्द्र साह, जितेन्द्र पटेल, सलाउदिन मन्सुरी, अभिलाष गुप्ता, बिमला गुप्ता, जाकिर हुसैन, दिपेन्द्र बि.सि., रोशन पटेल, दिपेश शर्मा, प्रकाश नेपाल, सन्तोष नेपाल, सुभाष क्षेत्री, प्रदीप चौधरी, दिनेश मिश्रा, सन्जय यादव, महम्द साबिर अन्सारी, नस्रोदोन मन्सुरी, मिथलेश ओझा, उज्ज्वल कानु, अनीकेत मण्डल, रुस्तम देवान, प्रेम सराफ, अभिनेश गिरि, विजय सराफ, रामनिवास पटेल, महम्द जाकिर मिया, करण सराफ, आस महमद, गौरीशंकर यादव, अर्जुन सराफ, नितेश यादव, ओमशंकर यादव, कृष्णा यादव, रोहित सराफ, पप्पु गिरि, सन्जु श्रेष्ठ, चन्द्रशेखर पटेल, रियाज मन्सुरी, अमित मिश्रा, सन्जु अर्याल र सन्जय कुश्वाहालगायत रहेका छन्।कार्यक्रमले पर्सा जिल्लामा प्रेस चौतारीको संगठन विस्तारलाई थप मजबुत बनाएको आयोजक पक्षले जनाएको छ। सञ्चारकर्मीहरूको सक्रिय सहभागिताले कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको थियो।
प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here