वीरगंज, २६ फागुन । पर्सा जिल्लाको जगगरनाथपुर गाउँपालिका–४ बाट प्रहरीले २१२ किलो (दुर्ई क्विन्टल १२ किलो) गाँजा र एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।
ठूलो परिमाणमा लागूऔषध गाँजा तस्करी भइरहेको सूचनाको आधारमा प्रहरीले पटेर्वा सुगौली गाउँपालिकाको सोनवर्षा क्षेत्रबाट गाँजा लोड गरी भारततर्पm लैजाँदै गरिएको अवस्थामा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक समुन्नत अधिकारीको नेतृत्वमा खटिएको टोलीले मे १ त ५७१४ नम्बरको सोनालिका ट्याक्टरमा गाँजा बरामद गरेको हो ।
प्रहरीले पटेर्वा सुगौलीदेखि जगरनाथपुरसम्म टयाक्टरलाई पछ्याएको थियो। राति करिब ११ः३० बजे जगरनाथपुर–४ को सरेह बाटोमा ट्याक्टर रोकेर जाँच गर्न खोज्दा चालकसहित तस्करहरू ट्याक्टर छाडेर फरार भएका प्रहरीले जनाएको छ । बरामद गाँजा सोनवर्षा क्षेत्रका तीन जना कुख्यात कारोवारीको रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। अनुसन्धान प्रभावित हुन सक्ने भन्दै हाल उनीहरूको नाम गोप्य राखिएको प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक अधिकारीका अनुसार बरामद गाँजा र ट्याक्टर नियन्त्रणमा लिइएको छ भने फरार चालक र संलग्न तस्करहरूको पहिचान गरी खोजी तथा थप अनुसन्धान तीव्र पारिएको छ।
प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here