वीरगंज, ०१ चैत । मारवाडी प्रिमियर लिग–३” क्रिकेट प्रतियोगिता अन्तर्गत तेस्रो दिनको पहिलो खेल माछापुच्छ्रे ब्लास्टर र मकालु महाकाल राइजरबीच भएको थियो ।
वीरगंजस्थित आदर्शनगर रंगशालामा भएको उक्त खेलमा मकालु महाकाल राइजरले निर्धारित १५ ओभरमा ८ विकेट गुमाउँदै १२२ रन बनाएको थियो। लक्ष्य पछ्याएको माछापुच्छ्रे ब्लास्टरले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै निर्धारित १५ ओभरमा ४ विकेट गुमाउँदै ११५ रन बनाउँदै ६ विकेटले शानदार जित हात पारेको थियो।
त्यसैगरी तेस्रो दिनको दोस्रो खेल एभरेष्ट ब्लेजिङ र गौरीशंकर हिटर्सबीच सम्पन्न भएको थियो। खेलमा एभरेष्ट ब्लेजिङले निर्धारित १५ ओभरमा ७ विकेट गुमाउँदै ९४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको गौरीशंकर हिटर्सले १४.१ ओभरमा ५ विकेटको क्षतिमा ९७ रन बनाउँदै ५ विकेटले जित हासिल गरेको थियो।
मारवाडी युवा मञ्च र ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा सञ्चालन भइरहेको उक्त प्रतियोगिता चैत १० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्