बारा, २२ वैशाख । बारा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय भई फरार रहेका चार जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बारा र मातहतका विभिन्न प्रहरी इकाइहरूबाट खटिएको टोलीले उनीहरूलाई जिल्लाका छुट्टाछुट्टै स्थानबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा चेक अनादर मुद्दामा पाँच सय रुपियाँँ जरिवाना तोकिएका बारागढी गाउँँपालिका ४ का ४० वर्षीय लक्ष्मण साह कानु र सोही मुद्दामा एक हजार रुपियाँँ जरिवाना भएका महागढीमाई नगरपालिका ८ का ३५ वर्षीय रामकिशोर प्रसाद यादव रहेका छन् । कानुलाई अस्थायी प्रहरी पोस्ट लङगडाचौकी र यादवलाई प्रहरी चौकी बरियारपुरको टोलीले पक्राउ गरेको हो ।
यसैगरी लागूऔषध मुद्दामा १५ दिन कैद र २५ हजार रुपियाँँ जरिवानाको फैसला सुनाइएका जितपुरसिमरा उपमहानगरपालिका २२ का सुरेश घलानलाई इलाका प्रहरी कार्यालय अमलेखगन्जले नियन्त्रणमा लिएको छ। यसैगरी वनसम्बन्धी मुद्दामा १० दिनको कैद सजाय पाएका जितपुरसिमरा १ का ६० वर्षीय गंगा बहादुर मोक्तानलाई प्रहरी चौकी पथलैयाले पक्राउ गरेको छ ।
बाराका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुरेशराज भट्टका अनुसार पक्राउ परेका चारै जनालाई फैसला कार्यान्वयनका लागि बारा जिल्ला अदालतमा दाखिला गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्