विज्ञापन

वीरगंज, २६ मंसीर । लघूवित्तिय संस्था विरुद्घको संघर्ष समितिले जिल्ला प्रहरी कार्यालय पर्साको मूल गेट र विरगंजको घटाघरमा घर्ना प्रर्दशन गरेका छन् । नवसामन्तीको रुपमा स्थापित लघूवितिय संस्थाहरु खारेज, लघूवितिय संस्थाहरुद्वारा लगाइएको सामूहिक ऋण मिनाहा, आम गरीव किसानहरुलाई निःशूल्क ऋण्ँ प्रदान, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था, समाजवादी अर्थतन्त्रको विकास, जनपक्षिय मौद्रिक निती कायम,कालोसूचीमा तथा धितो लिलाम फूकूवा, भूमिहिन तथा वितिय शोषणका पिडितहरुलाई मूआब्जाको व्यवस्था, प्रत्यक्ष निर्वाचित राष्ट« प्रमूखको व्यवस्था गर लगायतका ९ बून्दे माग सहित प्रदर्शन गरेका थिए ।

धर्नामा बसेका लघूवित संस्था विरुद्घ सर्घस समिति नेपाल पर्साका पदाधिकारीहरु तथा पिडित व्यक्तिहरुले आफना माग लेखिएका प्ले कार्ड बोकी नारा बाजी गर्दै जिल्ला प्रशासन कार्यालय पर्साको गेट अगाडी धर्ना बसेका थिए ।
२०७८ माघ १ गतेदेखि नै विभिन्न धर्नाको कार्यक्रम गर्दै आएका र माग पूरा नभएन्जेलसम्म निरन्तर ठाउ ठाउमा धर्ना जारी रहने लघूवित्तिय संस्था विरुद्घको संघर्ष समितिका अध्यक्ष शिव प्रसाद तेलीले जानकारी गराए ।

विज्ञापन

साथै लघूवित्तिय संस्था विरुद्घको संघर्ष समितिले जिल्ला प्रशासन कार्यालयका प्रमूख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई सहजीकरण सम्बन्धमा पत्र बूझाएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here