विज्ञापन

वीरगंज ३ माघ । वीरगंज प्रसौनीका शिक्षक कृष्ण पासवानमाथि फलामे रड प्रहार भएको छ । बाटोको विवाद मिलाउन गएका शिक्षक पासवानमाथि विपक्षले टाउकोमा फलामको रड प्रहार गरी घाइते बनाएको स्थानीयले बताएका छन् ।

वीरगंज महानगरपालिका वडा नम्बर २३ प्रसौनी निवासी शिक्षक कृष्ण पासवान बाटोको विवाद मिलाउन गएका थिए । सोही अवस्थामा विपक्षले फलामको रडले टाउकोमा हिर्काएर गम्भीर घाइते बनाएका थिए । शिक्षक पासवानको वीरगंज स्थित नारायणी अस्पतालमा उपचार भैरहेको छ । पासवानले आफु दलित भएको कारण हेपेर रडले टाउकोमा हिर्काएको बताएका छन् ।

विज्ञापन

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले घटनाको आधिकारिक जानकारी नआएको र बुझ्ने काम भैरहेको बताएका छन ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here