विज्ञापन

वीरगंज, १७ बैशाख ।  नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले देशको राजनीतिक अस्थिरताले समस्या पारेको बताएका छन् ।

 

नेकपा एमाले पर्साको नवौं जिल्ला अधिवेशनको आज उदघाटन गर्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले आर्थिक विकास र समृद्धिको कुरा एमालेले गर्ने बताउनुभयो ।

 

विज्ञापन

नेकपा एमाले पर्साका संयोजक डा.विश्वम्भर शर्माको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सचिव तथा मधेस प्रदेश इञ्चार्ज योगेश भट्टराई, पोलिटब्यूरो सदस्य तथा बारा क्षेत्र नम्बर १ का सांसद अच्युत मैनाली, केन्द्रीय सदस्यहरू लिलानाथ श्रेष्ठ, जुली साह, राजकुमार गुप्ता, प्रभु हजरा लगायत केन्द्र, जिल्ला र स्थानीय तहका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

 

पार्टीको नयाँ नेतृत्व चयन प्रकृया भोली हुने बन्दसत्रपछि शुरू हुने एमाले पर्साले जनाएको छ । बन्दसत्र भोली क्लासिक बंक्वेटमा हुनेछ । बन्दसत्रपछि नेतृत्व चयनका लागि निर्वाचन प्रकृया शुरू हुनेछ । नयाँ नेतृत्वको लागि पर्सामा तीनजना आकांक्षी देखिएका छन् ।

 

अध्यक्षका लागि अहिलेका संयोजक डाक्टर विश्वम्भर शर्मा, पूर्व अध्यक्ष जयप्रकाश थारू र शिव पटेलको नाम चर्चामा छ । पटेल र थारू केन्द्रीय सदस्य राजकुमार गुप्ता पक्षक हुन् । भने वर्तमान संयोजक डाक्टर विश्वम्भर शर्मा संस्थापन पक्षका हुन् ।

त्यस्तै सचिवमा पनि दुर्ईजनाको नाम चर्चामा आएको छ ।

सचिवमा केन्द्रीय प्रचार विभाग सदस्य तथा वीरगंज महानगरपालिका उपाध्यक्ष महेस दास र जिल्ला सचिवालय सदस्य शिवजी गुप्ताको नाम चर्चामा छ ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here