तनहुँ, १८ जेठ । अनलाईन मार्फत ठगी गरेको अभियोगमा सर्लाही जिल्लाको बागमती नगरपालिका-१ बस्ने २६ वर्षीय सुमन बुढाथोकीलाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको छ ।
म्याग्दे गाउँपालिका-४ का वडा अध्यक्षको फेसबुक ह्‍याक गरी लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका-३ सुर्यपाल बस्ने एकजना पीडितलाई म्यासेन्जर मार्फत रकमको आवश्यकता परेको भन्दै पटकपटक गरी एक लाख रूपैयाँ ठगी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीको समन्वयमा बागमती नगरपालिका-१ बाट पक्राउ गरेको हो ।

बुढाथोकीउपर ठगी सम्बन्धी कसूरमा जिल्ला अदालत तनहुँबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कायालय, तनहुँले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here