वीरगंजको घन्टाघरस्थित विपी उधान परिसरको अवस्था। तस्विर : अभितक मिडिया
विज्ञापन
पर्सा – वीरगंज महानगरपालिकामा सर्वाधिक भिडभाड हुने अनेक स्थानहरु छन् । सोमध्ये ‘घन्टाघर क्षेत्र’ पहिलो स्थानमा विराजमान छ। घन्टाघर नजिकै विपी उधान छ । विपी उधान तरकारी र फलफूलको थोक तथा खुद्रा बिक्री केन्द्रको रुपमा परिचित छ । व्यवसायीहरुका अनुसार यहाँ दैनिक हजारौं मानिसहरुको आवागमन हुन्छ। 
यसैगरी, घन्टाघर क्षेत्रबाट परवानीपुर, जितपुर, सिमरा, विन्ध्यवासिनी, पोखरिया, लङ्गडी, पकाहामैनपुर, भिस्वा, जानकीटोला, महुवन, पटेर्वासुगौली, सेढवा र सुवर्णपुर लगाएत पर्सा र बाराका विभिन्न क्षेत्रमा टेम्पो, इरिक्सा र बस आदि सवारी साधनहरु दैनिक ओहोर-दोहोर गर्दछन्। 
BP udhan Birgunj ghantaghar
वीरगंजको घन्टाघरस्थित विपी उधान परिसरभित्रको बजारको अवस्था । तस्विर : अभितक मिडिया
घण्टाघर क्षेत्र आन्तरिक तथा बाह्य पर्यटनको केन्द्र बिन्दु हो। एक हप्ताअघि एकजना विदेशी (चाइनिज जस्तो देखिने र भाषा बोल्ने) पर्यटक विपी उधानभित्र बजार क्षेत्रको अवस्था क्यामरामा छायाँकन गरिरहेका थिए। उनको क्यामराको फोकस खासगरी फोहरमा केन्द्रित थियो । उनको शारीरिक भावभंगिमाले फोहोर देखेर उनी आश्चर्यचकित भएको मनोविज्ञान बुझ्न कठिन थिएन।
सडेगलेका तरकारी जथाभावी फाल्दा गर्मीयाममा सोबाट उत्पन्न दुर्गन्ध मानवीय नाकले सहन गर्न सक्ने अवस्था हुँदैन। यधपि सेवाग्राहीहरु नाक थुनेर भए पनि दैवको लिला ठानेर तरकारी खरिद गर्न बाध्य छन्। 
पछिल्लो समय आएको हावाहुरी र जलवर्षाले विपी उधानको उत्तरतर्फ गाउँ–गाउँबाट ल्याएर थोक तरकारी बिक्री हुने स्थानमा पानी जमेको छ। सोसँगै बजार पनि साबिक स्थानबाट अव्यवस्थित रुपमा पश्चिमतर्फ सरेको छ। 
bp udhan birganj ghantaghar
वीरगंजको घन्टाघरस्थित विपी उधान परिसरभित्रको बजारको फोहरजन्य अवस्था । तस्विर : अभितक मिडिया
यहाँ पाइने उपभोग्य वस्तु घरको सबैभन्दा महत्वपूर्ण स्थान अर्थात् भान्सा घरसम्म पुग्छ।विपी उधान परिसरको बजारबाट मानिसहरु झोलामा तरकारी र मन-मष्तिस्कमा फोहोरजन्य दुर्गन्धले कस्तो संदेश दिन्छ ?  
प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here