अभितक, वीरगंज,१० भदौ । लैगिंक हिंसा तथा प्रेषण एंव सहकार्य सम्पन्न भएको छ । लैगिंक हिंसा प्रत्यक्षरुपमा रोक्न सक्ने सरोकारवाला संघ संस्था, नागरिक समाज, स्थानीय सरकार, प्रहरी लगायतको सहभागिता रहेको थियो । आइतबार वीरगंज महानगरपालिकाको सभा हालमा कार्यक्रम सम्पन्न भएको थियो ।


कार्यक्रममा आसमान नेपालका कार्यक्रम संयोजक ममता ओझाले लैगिंक हिंसा न्यूनिकरण गर्न सरोकारवाला संग छलफल गर्नू भएको थियो । लैगिंक विभेदमा आधारित हूने हिंसा, लैगिंक विभेदमा आधारित हूने हिंसाको हालको अवस्था, हूने कारण, हूने किसिम,, हिंसाका असरहरु प्रतिक्रियाहरु बारे संयोजक ओझाले सरोकारवाला संग वहाहरुको भूमिका बारे वृहत वर्णन गर्नू भएको थियो ।

लैगिंक हिंसामा परेका प्रभावितहरुले ओसिमसिको सहयोग लिन सकिने सिमसिबाट आएका रमिता श्रेष्ठले जानकारी गराउनू भएको थियो । नारायणी अस्पतालमा लैगिंक हिंसामा परेकालाई आवश्यक पर्ने औषधि, आर्थिक सहयोग, हेरचाह लगायतका ओसिएमसिको मातहतमा एक जना सहयोगीले समन्वय गर्दै आइरहेको प्रष्टयाउनू भएको थियो ।


यसका कारण जनचेतना र नैतिक शिक्षाको कमिले गर्दा लैगिंक हिंसा बढिरहेको दूःख व्यक्त गर्नू भएको थियो । मधेश प्रदेश लैगिंक हिंसाको सूचिमा प्रथम स्थानमा रहेको रिर्पोटले देखाएको भन्नू भएको थियो । लैगिंक हिंसामा परेका प्रभावितहरुका लागि सेफ हाउस बनाउन पहल गर्दै आइरहेकोले चाडै नै लक्ष्य पूरा हूने यूएनफाका सूजाता सूब्बाले बताउनू भएको थियो ।

नेपाल सरकारको समन्वय तथा संयूक्त राष्ट« संघीय जनसंख्या कोषको आर्थिक सहयोग रहेको थियो । आसमान नेपालको प्राविधिक साझेदारीमा वीरगंज महानगरपालिकामा प्रजनन स्वास्थ्य प्रवर्धन तथा महिला सशत्तिकरणका लागि सशक्त महिला समृद्ध नेपाल कार्यक्रम अन्तर्गत यो कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा वीमनपा वडा नं.२७ वडा अध्यक्ष हिरदय नारायण र वडा नं.२८ वडा अध्यक्ष सरजूग महतोले आफनो वडामा जनचेतना कार्यक्रम गर्न आग्रह गरेका थिए । स्थानीय सरकार भएकोले यसम हूने आर्थिक सहयोग वडाले गर्ने प्रतिबद्धता गरेको थिए ।
कार्यक्रममा सिपिएस डब्लू मनी कूमारी, छाया कूमारी, ज्योती कूमारी, अधिकृत रेणूका ढकाल, राजिव गिरी, खरिदार खोबारी यादव, शेष कूमार हजरा, अनमी इन्द्र लोहनी, नितेश साह लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here