अभितक, वीरगंज, १५ भदौ । लैगिंक हिसा सम्बन्धि विद्यालय व्यवस्थापन समिति र शिक्षक संग अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ । पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं.३२ टेढामा रहेको श्रीमती मनमिश्र आधारभूत विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समिती र सरोकारवालको सहभागिता रहेको थियो ।
वढदै गइरहेको लैगिंक हिसा, बाल विवाह, अशिक्षालाई न्यूनिकरण गर्ने उदेश्यले यूएनएफपिए को कोष र आसमान नेपालको प्राविधिक सहयोगमा कार्यक्रम संचालन भइरहेको आसमान नेपालका संयोजक ममता ओझाले जानकारी गराउनू भएको थियो । ओझाले हरेक समूदायलाई सहभागिता गराएर यो कार्यक्रम संचालन गरेको कूरा प्रष्टयाउनू भएको थियो । त्यसै अन्तर्गत विद्यालयसंग सम्बन्धित रहेको शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालाको सहभागितामा छलफल गर्ने गरेको तथा यसको साकारात्मक परिणाम आइरहेकोले खूशी व्यक्त गर्नू भएको थियो ।
विद्यालयमा प्रजनन स्वास्थ्य सम्बन्धि पढाउदा विद्यार्थीहरु लाज मान्छन् । यसका के कस्ता उपाय गर्दा विद्यार्थीहरुलाइृ प्रजनन तथा लैगिंक हिंशा सम्बन्धित खूलेर पढाउन सकिन्छ? भन्ने प्रश्न शिक्षक यूवराज सापकोटाले गर्नू भएको थियो । तर अब विद्यार्थीहरुलाई लैगिंक हिंसा र प्रजनन सम्बन्धि खूलेर पढाउने र बूझाउने प्रयास गर्ने प्रतिबद्घता जनाउनू भएको थियो।
समाजमा जनचेतनाको अभावमा बाल विवाह, लैगिंक हिसा बढेकोले यसलाई न्यूनिकरण गर्न यस्ता कार्यक्रम घर घर सम्म पूरयाउने योजना बनाएर अगाडि बढने वडा अध्यक्ष रियाज अहमदले जोड दिनू भएको हो । आफू सचेत रहेपनि कतिपय बालविवाह रोक्न जादा अभिभावकसंग विवाद हूने गरेको सूनाए । यसमा नेपाल सरकारले पनि कडारुपमा प्रस्तूत भए मात्र हामीलाई अगाडि वढन सहयोग पूग्नेछ । यस पालि आफना वडामा वाल विवाह रोक्ने, लैगिंक हिसा रोक्नको लागि आवश्यक वजेट विनियोजन गर्ने वडा अध्यक्ष रियाजले प्रतिबद्घता जाहेर गर्नू भएको छ । यसमा आसमान नेपालको सहयोग रहने विश्वास व्यक्त गर्नू भएको थियो।
कार्यक्रममा व्यवस्थापक समिति सदस्य फणिन्द्र तिवारी, समसूल नेसा, छोटेलाल यादव, अदयाशरण, अभिभावक मिना कार्की, लक्ष्मी वोहरा, सम्झना लम्साल, अम्बिका खतिवडा,जय मगल सिंह सि.एम. अहवे, शिक्षक यूवराज सापकोटा, महिला स्वास्थय स्वयं सेविका नारायणी वाउज, शिक्षिका सूभद्रा रिजाल लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Create an account
Create an account
Welcome! Register for an account
A password will be e-mailed to you.
Password recovery
Recover your password
A password will be e-mailed to you.






















