वीरगन्ज,२३ भाद्र । वीरगन्ज लेडिज सर्कल-३ ले वीरगन्ज कपडा बैंकलाई कपडा सहयोग गरेको छ । सर्कलका अध्यक्ष खुश्बु सिंघानियाको नेतृत्वमा अनामिका पुजारी,निधि जाटिया,नेहा अग्रवाल ,स्वेता अग्रवाल,मौसम भंगर,स्वाती धानितियाले ३ कार्टुन,२ ब्याग,२ झोला कपडाहरु वीरगन्ज कपडा बैंकको कार्यालयमा पुगेर बैंकका अध्यक्ष लालबाबु सिंहलाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा वीरगन्ज कपडा बैंकका उपाध्यक्ष मोनिका सिंह ,सदस्य युवा अभियन्ता नवराज भट्टराई र कार्यालय सहयोगी शोभा देवी लगायतको सहभागीता रहेको थियो ।
सो अवसरमा सर्कलका अध्यक्ष सिंघानियाले वीरगन्ज कपडा बैंकले विगत केही वर्ष देखि दिन दुखी असहाय ,आगलागी बाढी पिडितहरुको घरदैलोमा पुगेर गरिरहेको निस्वार्थ सेवाभाव प्रती हामी सबै खुशी छौ र उहाहरुको कार्यमा हातेमालो गर्न केही कपडाहरु लियेर आएका छौ साथै आगामी दिनमा सर्कलको साथ सहयोग रहनेछ भनी प्रतिबद्धता ब्यक्त गरेका थिए ।
सो अवसरमा बैंकका उपाध्यक्ष मोनिका सिंहले तपाई संग धेरै छ भने हामिलाइ दिएर जानुस र तपाईं संग छैन वा आवश्यकता छ भने हामी संग निशुल्क लियेर जानुस को मुलमन्त्रलाइ आत्मसात गरि कोइ नाङ्गो नरहोस सबैले नया नभए पनि सुकिलो र जाडोमा न्यानो कपडा लगाओस भनेर विगत ६ वर्ष देखि वीरगन्ज -८ मा कार्यालय स्थापना गरि पर्सा र बाराको केही स्थानहरुमा सेवा प्रवाह गर्दै आइरहेको बताउदै सर्कलका सम्पुर्ण सहभागिहरुलाइ स्वागत एवं धन्यवाद प्रकट गर्नु भयो ।
सो हि अवसरमा बैंकका अध्यक्ष सिंहले वीरगन्ज लेडिज सर्कलले महिलाहरुको हित सशक्तीकरणको लागि विभिन्न सेवामुलक कार्यहरु गर्नुका साथै दिन दुखी असहायको सेवा सहयोगमा सकृय भुमिका निभाउदै आएकोमा आफुलाइ निकै खुशी लागेको बताउदै कपडा बैन्कको माध्यमबाट बिपन्नहरुको लागि कपडा सहयोग गरेकोमा बैंकका तर्फबाट हार्दिक धन्यवाद दिदै आगामी दिनमा पनि सर्कलको सहयोग जारी रहनेमा आशावादि रहेको र आउने समयमा चाडपर्व एवं जाडो बढ्ने हुनाले पुरानाका साथै न्यानो कपडा ,कम्बलहरु सहयोग गर्न सम्पुर्ण मानवताप्रेमी सहयोगी हातहरु लाई आग्रह समेत गरेका छन ।
प्रतिक्रिया लेख्नुहोस्
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Create an account
Create an account
Welcome! Register for an account
A password will be e-mailed to you.
Password recovery
Recover your password
A password will be e-mailed to you.






















