उमेश सर्राफ,रौतहट, ०१ असोज । दुर्गा भगवती गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा संचालित स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरीय वार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ ।

दुर्गा भगवती गाउँपालिका प्राथमिक स्वास्थ्य शाखाको, प्रमुख दिनेश कुमार महतोको अध्यक्षता तथा दुर्गा भगवती गाउँपालिका अध्यक्ष सम्भु कुमार सिंह को प्रमुख आतिथ्यतामा गोष्ठी सम्पन्न भएको हो।

आइतबार र सोमबार गरी दुइ दिनसम्म चलेको उक्त गोष्ठीमा सहभागी गाउँपालिका अन्तर्गतका ५ वटै वडाका वडा स्वास्थ्य चौकी प्रमुखहरुले गत आ.व मा आ–आफ्नो वडामा गरेका स्वास्थ्य कार्यक्रम तथा प्रगति विवरण प्रस्तुत गरेका थिए ।

सोही गोष्ठीमा प्रस्तुत गरिएको विवरणको आधारमा आन्तरिक मुल्यांकन गरि कार्य र सेवाको आधारमा ५ वटा वडा स्वास्थ्य चौकीहरु मध्येबाट उत्कृष्ट भएर छानिएका तीनवटा स्वास्थ्य संस्थालाई नगद तथा प्रमाणपत्र प्रदान गरेर सम्मानित गरिएको छ ।

आन्तरिक मुल्यांकनको आधारमा क्रमशः प्रथम, द्वितीय र तृतीय भएका गंगापिपरा,भलोहिया र पचरुखी स्वास्थ्य चौकीका प्रमुखहरुलाई प्रमुख अतिथि गाउँपालिका अध्यक्ष.सिंह,ले कदरपत्र प्रदान गरेका छन्।

समीक्षा गोष्ठीको समापन कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुख सिंहले उत्कृष्ट कार्य सम्पादन गरेर सफलतापुर्वक जिम्मेवारी पुरा गर्ने गाउँपालिका भित्रका स्वास्थ्य चौकीहरु, स्वास्थ्यकर्मी तथा जस्तो सुकै परिस्थितिमा पनि स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य स्वयंसेविकाहरु धन्यवाद दिए।

गोष्ठीमा सहभागी सबै वडाका स्वास्थ्य प्रमुखले गत आर्थिक वर्षको भन्दा यो आ.व मा स्वास्थ्यका सम्पूर्ण स्वास्थ्य सुचकहरु राम्रो भएकोले आगामी दिनमा यस गाउँपालिकालाई मधेस प्रदेश अन्तर्गतका ८ वटै जिल्लाका पालिकाहरु मध्येबाट नमुना स्वास्थ्य गाउँपालिकाको रुपमा घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरे।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here