
वीरगंज, १६ माघ / जनमत पार्टीको आयोजना तथा वीरगंज सामुदायिक ऑखा केन्द्रको प्राविधिक सहयोगमा जगरनाथपुर गापाको वडा नं २ लक्ष्मीपुर स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको प्राङ्गणमा निशुल्क ऑखा शिविर बुधवार सम्पन्न भएको हो ।

एक सय ७६ जना बिरामीहरुको आँखा जाँच भएकोमा सो मद्धे ६३ जना मोतियाबिन्दुकाबिरामी रहेको स्वास्थ्यकर्मी महेश सिंह धामीले बताए । मोतियाबिन्दुका बिरामीहरुको बिहीवार वीरगंज सामुदायिक ऑखा केन्द्रमा निशुल्क शल्यक्रिया हुने धामीले बताए।

जनमत पार्टीको युवा नेता बृजेशवर प्रसाद चौघरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि सो वडाका वडाअध्यक्ष नेपाली प्रसाद कुशवाहा थिए भने स्वागत मन्तब्य रामबाबु प्रसाद कुशवाहा तथा संचालन शेषनाथ सिंहले गरेका थिए। सो कार्यक्रममा प्रधाघ्यापक घुरेन्द्र पटेल, जवाहरलाल ठाकुर, जमुना यादव, ललझरिया देवी, फुलकुवरी देवी लगायतको उपस्थिति रहेको थियो।