दिनेशकुमार मिश्र वीरगंज १८ माघ । पोखरिया नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा पालिकास्तरीय खोप समन्वय समिति तथा सरोकारवालासंगको अभिमुखी करण कार्यक्रम सम्पन्न भएको छ । पोखरिया नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा यही माघ २२ देखि २८ गतेसम्म पालिकाको १० वडामा चल्ने अभियानमा करिब २ हजार ५ सय जना बालिका र किशोरीहरूलाई एचपीभी खोप लगाइने पोखरिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कौशलेन्द्र मिश्राले जानकारी गराए । उक्त अभियान अन्तर्गत विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका बालिका र किशोरीहरूलाई एचपिभी खोप लगाइने बताए । माघ २२ देखि सञ्चालन हुने एचपिभी खोप अभियानलाई सफल बनाउन पोखरिया स्वास्थ्य शाखा सहसंयोजक शिव सिंह पटेलले बताए । अभियानका क्रममा कुनैपनि आग्रह पुर्वाग्रह नराखेर स्वास्थ्यकर्मीहरूले लक्षित उमेर समुदायका बालिका र किशोरीहरूलाई खोप लगाउन आग्रह पनि गरे । अभियानका क्रममा खटिने स्वास्थ्यकर्मीहरूलाई काम गर्ने सहज वातावरण बनाइ दिन पालिकाका जनप्रतिनिधी, शिक्षक, राजनीतिकर्मी, सञ्चारकर्मी, संघसंस्था,लगायतलाई आग्रह गरे । एचपिभी खोपको कुनैपनि नकरात्मक असर नभएकाले ढुक्क भएर आ आफना छोरीहरूलाई उक्त खोप लगाउँन नगरबासी संग आग्रह समेत गरे। पाठेघरको मुखको क्यान्सरबाट नेपालमा दैनिक चार जना महिलाहरूको मृत्यु हुने गरेको जानकारी गराएका थिए । एचपिभी खोप अबिवाहित बालिका र किसोरीहरूलाई मात्र लगाउने बताए । बालिका र किसोरीहरूलाई एचपिभी खोप लागिसकेपछि पाठेघरको क्यान्सर नहुने बिश्वास रहेको पटेलले बताए । कार्यक्रमका प्रमुख अतिथि रहनु भएकी पोखरिया नगरपालिकाका नगर उपप्रमुख रूबी ठाकुरले एचपिभी खोप अभियान मा चारैतर्फबाट सहयोग गरि सफल बनाउन आग्रह समेत गरेकी थिइन् । पोखरिया नगरभित्र रहेका किशोरीहरू र साथै बाहिरबाट आएका राउटे, ईटभाठालगायतको ठाउँहरूमा निगरानी गरी एचपिभी खोप दिलाउनमा सहयोग गरिदिन आग्रह समेत गरिन । अभिमुखीकरण कार्यक्रम स्वास्थ्य प्रमुख कौशलेन्द्र मिश्राको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा वडाध्यक्ष लक्ष्मण साह, नौसाद आलम, प्रमोद गिरी, केदार महतो, प्रमानन्द पटेल, महेन्द्र महतो, कार्यपालिका सदस्य रामबचन महतो, नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरियाका सभापति भगवान कुर्मी, नगर प्रहरी प्रमुख दिनेश चौहान, विद्यालय का शिक्षक, संचारकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी लगायतको सरोकारवालाहरूको सहभागीता रहेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here