पर्सा। १८ माघ । पोखरिया नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा पालिका स्तरिय खोप समन्वय समिति तथा सरोकारवालासंगको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पोखरिया नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा यही माघ २२ देखि २८ गतेसम्म पालिकाको १० वडामा चल्ने अभियानमा करिब २ हजार ५ सय जना बालिका र किशोरीहरुलाई एच।पी।भी।खोप लगाइने पोखरिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कौशलेन्द्र मिश्राले जानकारी गराए । उक्त अभियान अन्तर्गत विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका बालिका र किशोरीहरुलाई एच।पी।भी। खोप लगाइने बताए । माघ २२ देखि सञ्चालन हुने एच।पि।भी।खोप अभियानलाई सफल बनाउन पोखरिया स्वास्थ्य शाखा सहसंयोजक शिव सिंह पटेलले बताए । अभियानका क्रममा कुनैपनि आग्रह पुर्वाग्रह नराखेर स्वास्थ्यकर्मीहरुले लक्षित उमेर समुदायका बालिका र किशोरीहरुलाई खोप लगाउन आग्रह पनि गरे ।
अभियानका क्रममा खटिने स्वास्थ्यकर्मीहरुलाई काम गर्ने सहज वातावरण बनाइ दिन पालिकाका जनप्रतिनिधी, शिक्षक, राजनीतिकर्मी ,सञ्चारकर्मी , संघसंस्था ,लगायतलाई आग्रह गरे । एच।पि।भी।खोपको कुनैपनि नकरात्मक असर नभएकाले ढुक्क भएर आ आफना छोरीहरुलाई उक्त खोप लगाउन नगरबासी संग आग्रह समेत गरे।
पाठेघरको मुखको क्यान्सरबाट नेपालमा दैनिक चार जना महिलाहरुको मृत्यु हुने गरेको जानकारी गराएका थिए । एच,पि,भी खोप अबिवाहित बालिका र किसोरीहरुलाई मात्र लगाउने बताए । बालिका र किसोरी हरु लाई एच,पि,भी खोप लागि सकेपछी पाठेघरको क्यान्सर नहुने बिश्वास रहेको पटेलले बताए । कार्यक्रम का प्रमुख अतिथि रहनु भएकि पोखरिया नगरपालिकाका नगर उपप्रमुख रुबी ठाकुरले एच ,पि,भी,खोप अभियान मा चारै तरफ बाट सहयोग गरि सफल बनाउन आग्रह समेत गरेकी थिइन। पोखरिया नगर भित्र रहेका किशोरीहरु र साथै बाहिर बाट आएका राउटे , ईट भाठा लगायतको ठाउँहरुमा निगरानी गरि एच,पि,भी खोप दिलाउन मा सहयोग गरिदिन आग्रह समेत गरिन। अभिमुखिकरण कार्यक्रम स्वास्थ्य प्रमुख कौशलेन्द्र मिश्राको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा वडाअध्यक्ष लक्षमण साह, नौसाद आलम, प्रमोद गिरी, केदार महतो, प्रमान्नद पटेल, महेन्द्र महतो, कार्यपालिका सदस्य रामबचन महतो,नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरिया का सभापति भगवान कुर्मी, नगरप्रहरी प्रमुख दिनेश चौहान, बिधालयका शिक्षक,संचारकर्मी,स्वास्थ्यकर्मी,कर्मचारी लगायतको सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Create an account
Create an account
Welcome! Register for an account
A password will be e-mailed to you.
Password recovery
Recover your password
A password will be e-mailed to you.





















