वीरगंज, २२ माघ/ पर्सा जिल्लाको धोबिनी गाउँपालिका वडा नं ५ धोबिनीस्थित इस्लामिया दारुल क़ुरआन मदरसामा सुइटर सहयोग गरिएको छ।
उक्त मदरसामा अध्यनरत विद्यार्थीहरुलाई मध्यनजर गरी थोरै भए पनि जाडोको समयमा केही सहज होस् भन्दै सुइटर सहयोग गरेको जनमत पार्टीका युवा नेता ब्रिजेश्वर प्रसाद चौधरीले बताए।
पर्साको क्षेत्र नं ४ मा रहेको जनमत पार्टीको सम्पर्क कार्यालयमा मदरसाका शिक्षक मौलवी मुफ़्ती सग़ीर अहमदलाई सोमवारको दिन २० थान सुइटर हस्तान्तरण गरेको चौधरीले बताए ।