​फोटो : सौजन्य।

वीरगंज, २४ माघ। वीरगंज कपडा बैंकले वीरगंज महानगरपालिका वडा नं २२ मनियारीमा बिहीवार निश्शुल्क कपड़ा वितरण गरेको हो ।

चिसोको समयमा विपन्न तथा असहायहरुको जनजीवन कष्टकर हुने भएकोले नि​श्शुल्क कपडा वितरण गरिएको प्रमुख अतिथी तथा कपडा बैंकका बरिष्ठ सल्लाहकार अधिवक्ता प्रकाश कुमार उपाध्यायले बताए। उनले दिनदुखी तथा असहाय​हरुको सेवा सहयोग नै मानवताको सर्वोत्तम धर्म भएकोले आआफ्नो आम्दा​नीको ५ देखि १०% समाजिक सेवामा खर्चिएर मानवता बलियो बनाउनु पर्नेमा जोड ​दिए।

आइत​वारदेखि शुक्रवारसम्म बिहान १०.३० बजेदेखि ५ बजेसम्म कपडा बैङ्कको कार्यालय वीरगंज -८ बाट दिनदुखी ​तथा असहाय​हरुलाई नि​श्शुल्क कपड़ा उपलब्ध गरा​ऊँदै आएको ​बैङ्कले राज होजियरी​ले सहयोग ​स्वरुप उपलब्ध गराएको ११० थान ​नयाँ स्वेटर ​र ट्रयाकसुटको साथै अन्य पुराना ​कपडाहरु गरी ​एक हजार थान कपड़ा वितरण गरिएको सदस्य निला कुमारी रामले बता​इन्।

​फोटो : सौजन्य।

वीर​गंज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा वीर​गंज महानगर​पालिका-२२ का वडा सदस्य उर्मिला देवि राम​, बुनेल राम,​ दिपक साह,​ द्वारका प्रसाद यादव, असर्फी प्रसाद यादव,​ सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण बहादुर रायमाझी, समाजिक अभियन्ता प्रकाश थारु,​ सन्जय मण्डल, शोभा दे​वी लगायत​को सहभागिता थियो ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here