वीरगंज, २६ माघ । त्रिभुवन माध्यमिक विध्यालयको विद्यालय व्यवस्थापन गठन भएको छ। उक्त विद्यालयको विव्यसको अध्यक्षमा गोपाल केडिया दोस्रो कार्यकालको लागि सर्वसम्मत निर्वाचित भएका छन् ।
उक्त विद्यालयको प्राङ्गणमा शुक्रबार भएको अभिभावकहरुको भेलाले केडियाको अध्यक्षतामा सदस्यहरु क्रमसः प्रभादेवी मेस्तर, सुनिता देवि पण्डित, दिपक चौरसिया, रन्जित ठाकुर, अन्नु कुमारी गरी छ सदस्यीय समिती चयन गरेको शिक्षक निरंजन सिंहले बताए।
वीरगन्ज महानगरको शैक्षिक प्रशासन महाशाखाका प्रतिनिधि राजिव गिरीको अध्यक्षतामा भएको सो कार्यक्रममा विद्यालयकी प्रधानाध्यापिका कविता फुयाल, वडा सदस्य पवन शर्मा, त्रिजुद्ध माविका प्रअ नवीन मिश्रा, अभिभावक तथा विद्यार्थीहरु तथा शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।